हराएको मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : १४


हेटौंडा । मकवानपुर प्रहरीले दुईवटा हराएको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।

हेटौंडा १० का ५८ वर्षीय भवनाथ भट्टराईको १३ वैशाखमा आफ्नै घरबाट हराएको ना.६३ प २१६ नम्बरको मोटरसाइकल हेटौंडा-१ चौकीटोलमा फेला पारी सम्बन्धित् धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए।

त्यसैगरी हेटौंडा(१० का ४५ वर्षीय खड्क सिं वाईवाको मोटरसाइकल १३ वैशाखमा हराएको थियो। हेटौंडा( ४ मा पार्किङ गरेर राखेको बा.प्र. ०३–००५ प ३११७ नम्बरको मोटरसाइकल हेटौंडा-२ मा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्