ककपिटमा पाइलटले चुरोट सेवन गर्दा इजिप्ट एअर दुर्घटनाग्रस्त, ६६ जनाले ज्यान गुमाए!

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ४८


काठमाडौं। सन् २०१६ अर्थात् ६ वर्ष अगाडि मे १९ का दिन इजिप्ट एअरको फ्लाइट ८०४ विमान दुर्घटनाग्रस्त बनेको थियो।

फ्रान्सको पेरिस चार्ल्स डि गाउले विमानस्थलबाट उडेको विमान काइरो अन्तर्राष्ट्रिय एअरपोर्टमा अवतरण गर्नुपर्ने थियो तर विमानमा आगो लागेपछि त्यो भूमध्य सागरमा खसेर दुर्घटनाग्रस्त बन्यो।

विमानमा सवार सबै ६६ जनाको ज्यान गएको थियो। विमानमा ५६ यात्रु, ३ सुरक्षाकर्मी र ७ चालक दलका सदस्य थिए।

यतिबेला विमान दुर्घटनामा पर्नुको कारणबारे अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ।

न्युयोर्क पोस्टकाअनुसार विमानका पाइलटले ककपिटमै चुरोट सेवन गर्दा चुरोटको आगोका कारण विमानमा आगलागी भएको थियो।

अनुसन्धानअनुसार विमानको इमरजेन्सी मास्कको अक्सिजन लिक भएको थियो। त्यसबारे थाहा नपाएका पाइलटले चुरोट सेवन गरेपछि विमानमा आगलागी भएको थियो।


प्रतिक्रिया दिनुहोस्