रुसको हतियार डिपोमा विस्फोटन, युक्रेनी सेनाले आक्रमण गरेको आशंका

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : ५८


काठमाडौं। मंगलबार रातभर रुसका तीन प्रान्तमा विस्फोटनहरु लगातार भएको आवाज सुनिएको थियो।

सो क्रममा रुसको बेलगोरोड प्रान्तमा रहेको एक हतियार डिपो आगलागीका कारण बुधबार बिहानै नष्ट भएको रोयटर्सले जनाएको छ।

त्यहाँका क्षेत्रीय गभर्नर भ्याचेसलाभ ग्लादकोभले स्टाराया नेलीदोभ्को गाउँमा रहेको हतियार भण्डार नष्ट भएको पुष्टि गरेका छन्। यद्यपी घाइते भने कोही नभएको जनाइएको छ।

युक्रेनको जुहान्स्क नजिकै सो क्षेत्र पर्दछ। युक्रेनी सेनाले आफ्नो क्षेत्रबाट क्षेप्यास्त्रहरु हानेको आशंका गरिएको छ।

यसअघि पनि युक्रेनी सेनाले रुसका आधा दर्जन तेल भण्डार आक्रमण गरी नष्ट गरिदिएको थियो।

सो क्षेत्र वरपर युक्रेनी सेना र रुसी सेनाबीच गोलाबारी पनि हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्