स्वतन्त्र उम्मेदवारलाई विवेकशील साझाले सहयोग गर्न अहिले सम्भव छैनः रवीन्द्र मिश्र

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : १५


काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्वतन्त्र उम्मेदवारलाई आउदो स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अहिले सम्भव नभएको बताएका छन्।

धेरै मानिसहरुले विवेकशील साझाले आउन लागेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नुपर्ने भन्दै टिप्पणी गरेपछि मिश्रले त्यो सम्भव नभएको उल्लेख गरेका हुन्।

उनी भन्छन्,‘दिर्घकालीन र संस्थागत रूपान्तरणका लागि राजनीतिक पार्टी नै चाहिन्छ। नत्र त सन्सारभरी राजनीतिक पार्टी नै किन चाहिन्थ्यो र?’

उनी थप भन्छन्,‘यद्यपी, संविधान संसोधन भएर स्थानीय तहका सबै चुनाव गैर–दलीय हुने व्यवस्था भयो भने, त्यतिबेला सबैका लागि अवस्था फरक हुनेछ।’


प्रतिक्रिया दिनुहोस्