च्याम्पियन्स लिगको रोचक भिडन्तः रियलविरुद्ध पहिलो लेगमा सिटी ४–३ ले विजयी

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : १६


काठमाडौं। यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४–३ अन्तरको अग्रता लिएको छ।

म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयो।

इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुआत २–० को अग्रता गुमाएको थियो। खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए।

सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १–१ गोल गरे।

भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे। यस्तै भिनिसिअस जुनियरले १ गोल गरे।

पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ। पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको बिकल्प छैन।

दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ।


प्रतिक्रिया दिनुहोस्