काठमाडौं। र्यापर तथा इन्जिनियर बालेन शाहले आज आफ्नो ३२ औं जन्मदिन मनाउँदैछन्।
स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स डिग्रीको अध्ययन पुरा गरेका बालेन कुशल इन्जिनियर भएता पनि र्याप संगीतमा पनि उनी उत्तिकै अब्बल छन्।
पछिल्लो समय काठमाडौं महानगरपालिकाको मेयरमा उठेका उनी यतिबेला झनै चर्चामा छन्।
उनी प्राय सामाजिक विकृती, राजनीतिमाथि व्यंग्य गरेर र्याप लेख्छन्।