सिओल । उत्तर कोरिया फेरि मिसाइल परिक्षण गरेको छ ।
सोहाए परमाणु परीक्षण क्षेत्रबाट उत्तरले मिसाइल परीक्षण गरेको हो
अति महत्वपूर्ण मिसाइल परीक्षण गरेको त्यहाँको सरकारी समाचार संस्था केसिएनलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
परमाणु परीक्षण क्षेत्रबाट देशको परमामणु क्षमता बिस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको उत्तर कोरियाका सरकारका प्रवक्तालाई उद्धृत गर्दै केसिएनएनले उल्लेख गरेको छ ।
एक हप्ता भन्दा कम समयमा उत्तर कोरियाले सोहाएबाट दुईवटा परीक्षण गरेको हो।