काठमाडौं । धनुषामा भएको गयराति भएको विस्फोटको आशंकामा प्रहरीले एक २ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका स्थानीय एक जना स्थानीय विप्लव नेकपामा आवद्ध रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने खुलाइएको छैन् ।
उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
महेन्द्रनगर घर भएका एकजना र अन्य थप एकजना गरी २ जना व्यक्तिलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको हो ।
प्रारम्भिक अनुसन्धान मात्र शुरु भएकाले कसले र किन बम राखेको हो भन्ने कुरा अहिले नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।