नयाँ दिल्ली । भारतमा सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक विरुद्ध उत्तरपूर्वी भारतमा आन्दोलन चर्किएको छ ।
सदनबाट नागरिकमाथि विभेद गर्ने खालको कानुनन पास भएको भन्दै असाम गुवाहाटी लगायतका क्षेत्रमा चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएको छ ।
असामका कतिपय स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
गुवाहाटी, बारपेटा, नालबारी, जोरहट, झोलाघाट, सोन्टीपुर, तेजपुर र विश्वानाथमा अनिश्चिकालीन कर्फ्यू जारी गरिएको छ ।
कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा निस्किएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको छ ।
प्रहरीले फायरिङ गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
Aasam shout out… New India… pic.twitter.com/EBQuUGscit
— MSKPMP (@TheMSKPMP) December 13, 2019
Tear gas and lathi charge at Jamia Millia as student protests are unabated against #CAB2019 pic.twitter.com/m8w24wMuGt
— barkha dutt (@BDUTT) December 13, 2019
कतिपय ठाँउमा प्रदर्शनकारीले तोडफाड गरेका छन् ।
In name of #CABProtests , #Bengal is allowed to burn, literally. pic.twitter.com/MpvIY28u3z
— Anindya (@AninBanerjee) December 13, 2019
यसैबीच नागरिकता संशोधन विधेयक विरोधमा हिंसा चर्किदा बेलायत, इजराइल र फ्रान्स सरकाले आफ्ना नागरिकलाई भारतको उत्तरपूर्वी क्षेत्रमा नजान आग्रह गरेका छन् ।
ती देशहरुले आफ्ना नागरिकलाई सो क्षेत्रमा लामो समय त्यस क्षेत्रमा नबस्नसमेत आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोग ‘युएनएचसीआर’ले भारतमाको उक्त नागरिकता संशोधन विधेयकलाई लिएर चिन्ता व्यक्त गरेको छ ।