रुसको युद्धक विमानमा युक्रेनी आक्रमण, ज्यान बचाउन प्यारासुट खोलेर भागे दुई पाइलट

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ४३


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ।

यस युद्धका क्रममा १५ हजारभन्दा बढी रुसी सेना मारिएको अमेरिकी भनाइ छ। युक्रेनको भने ७ हजार सेनाको ज्यान गएको बताइएको छ।

पश्चिमा राष्ट्रहरुले अत्याधुनिक हतियार सहयोग गरिरहँदा युक्रेनले रुसको बेजोडका साथ प्रतिकार गरिरहेको छ।

यसबीचमा हालै युक्रेनी सेनाको आक्रमणमा रुसको एक युद्धक विमान सुखोइ एसयू–३४ विमान नष्ट भएको छ।

सो क्रममा रुसी सेनाका दुई पाइलटको भने ज्यान जोगिएको छ। उनीहरु विमानमा आक्रमण हुनासाथ आकाशमा प्यारासुट खोलेर भाग्न सफल भएका थिए।

यस्तै युक्रेनी सेना दोस्रोपटक पनि रुसी भूमिमा पुगेर आक्रमण गर्न सफल भएका छन्। हालै रुसको दुईवटा तेल भण्डारमा युक्रेनी सेनाले आक्रमण गरिदिएको हो।

यसअघि महिना दिन अगाडि पनि युक्रेनले यस्तै प्रकृतिको आक्रमण गरेको थियो। डेलीमेल


प्रतिक्रिया दिनुहोस्