अपराधीलाई कारवाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ५ : २१


काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा गयराति भएको बम बिस्फोटमा मृत भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । 

विष्फोटमापरि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते रहेको छ । 

उक्त घटनाले स्तब्ध बनाएको भन्दै गृहमन्त्री थापाले मृतकहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नु भएको छ । 

मन्त्री थापाले आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारवहिको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 
 


प्रतिक्रिया दिनुहोस्