काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस रुस भ्रमणका लागि पुगेका छन्।
रुस र युक्रेनबीचको द्वन्द्व तेस्रो महिनामा प्रवेश गरेका बेला गुटेर्रेस रुस पुगेका हुन्।
बीबीसीका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट्न अगाडि गुटेर्रेसले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटघाट गरेका छन्।
लाभरोभसँगको भेटमा गुटेर्रेसले युक्रेनमाथिको आक्रमण रोकिनुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ।
गुटेर्रेसले छलफलमार्फत् युद्ध विराम हुनुपर्नेमा जोड दिएका छन्। उनी शान्ति स्थापना होस् भन्ने चाहन्छन्।
युक्रेनको मारिउपोल शहरमा रुसले कब्जा जमाइसकेको छ। तर सो क्षेत्रमा हजारौं युक्रेनी नागरिक भने फसेका छन्। उनीहरुले यतिबेला मानवीय सहायताको आशा गरिरहेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघसँग मारिउपोलबाट सर्वसाधारणको उद्धार हुनुपर्ने माग गरेपछि गुटेर्रेस रुस पुगेका हुन्। उनले आजै पुटिनसँग भेट्ने कार्यक्रम रहेको छ।