काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुभवी कूटनीतिज्ञ ब्रिजेट ब्रिंकलाई युक्रेनको लागि नयाँ राजदूत चयन गरेका छन्।
रुसले आक्रमण गरिरहेको युक्रेनमा अब अमेरिकाले चाँडै आफ्नो दूतावास पुनः खोल्दैछ।
सोमबार मात्र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनलाई अमेरिकाको सहयोग बारम्बार चाहिने भएकाले दूतावास मार्फत् नै युक्रेनलाई सहयोग गरिने बताएका थिए।
गत फेब्रुअरी २४ यता रुसले युक्रेनमा आक्रमण गरिरहेको छ। युद्ध सुरु भएपछि नै अमेरिकाले किभमा रहेको दूतावास बन्द गरेको थियो।
खबरअनुसार युक्रेनको नयाँ राजदूत नियुक्त भएकी ब्रिजेट ब्रिंकले २५ वर्षयता अमेरिकी कूटनीतिज्ञको भूमिका निर्वाह गरिरहेकी छिन्।
युद्ध सुरु भएयता पहिलो दिनबाट नै अमेरिकाले युक्रेनलाई हतियार दिइरहेको छ।