मस्कद्वारा ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ४६


न्युयोर्क । अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो ।

मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए । उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन् ।

फोब्र्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनाढ्य हुन । उनको २७३ दशमलब ६ अर्ब डलर सम्पत्ति छ । विद्युतीय सवारी निर्माता टेस्लाका सीइओसमेत रहेका मस्क एरोस्पेस फर्म स्पेस एक्सको नेतृत्व गर्छन् ।elo


प्रतिक्रिया दिनुहोस्