इलामको सन्दकपुरमा गाउँपालिकामा एमालेका जिल्ला सचिवनै बागी उम्मेदवार

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : २७


इलाम । नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन्।

एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराएका हुन्। सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको छ।

राईले सोमबार मनोनयन दर्ता गराएका छन्। गाउँपालिकाको निर्वातमान अध्यक्ष समेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन्।

गुरुङले सोमबारनै जिल्ला कमिटिको सचिवबाट राजीनामा दिएका छन्। गुरुङले एमालेको जिल्ला अधिवेशनमा प्रकाश अधिकारीलाई पराजित गर्दै सचिव निर्वाचित भएका थिए।

सन्दकपुर गाउँपालिकामा वडाअध्यक्षमा समेत बागी परेको छ । योगेन्द्र राउतले बागी उम्मेदवार दर्ता गराएका छन्। त्यहाँ एमालेले निरोज राउतलाई वडाअध्यक्षको टिकट दिएको थियो। इलाम नगरपालिका ९ का शेरबहादुर खड्काले बागी दिएका छन् । त्यहाँ ललित चौहान एमाले आधिकारिक उम्मेदवार हुन्।


प्रतिक्रिया दिनुहोस्