८२ हजार २ सय १० जनाले दर्ता गराए उम्मेदवारी

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : २२


निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ।

सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन्।

आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस्