भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : २३


नयाँ दिल्ली । भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन्। 

अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिनुभयो। 

पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताउनुभयो।

राज्य सभाले भने १५ विधेयक पारित गरेको उहाँको भनाई छ। संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन्। 


प्रतिक्रिया दिनुहोस्