काठमाडौं मेयरमा पाण्डेको उम्मेद्वारी: जिते निशुल्क शिक्षा, सार्वजनिक बस निशुल्क गर्ने!

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ०६


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा निमकान्त पाण्डेले स्वतन्त्र उम्मेद्वारी दिएका छन्।

विप्लव नेतृत्वको नेकपाले समर्थन गर्ने आश्वासन दिएपछि पाण्डेले निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन्।

विप्लवसँग सल्लाह भएर उम्मेदवारी दिएको पाण्डेले जानकारी दिए।

पाण्डेले भने, ‘विप्लवको पार्टीले सहयोग र समर्थन गर्ने निश्चित भएपछि उम्मेदवारी दर्ता गराएको हुँ।’ पाण्डे जनधारणा साप्ताहिकका प्रधान सम्पादक हुन्।


प्रतिक्रिया दिनुहोस्