युक्रेनी सेनाले फेरि ध्वस्त बनाए दुई रुसी तेल भण्डार, २ युक्रेनी ड्रोन भने खसाल्यो रुसले

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ५७


काठमाडौं। रुसी वायु रक्षा प्रणालीले रुसको युक्रेनको सीमावर्ती कुर्स्क क्षेत्रमा दुई युक्रेनी ड्रोन खसालेको कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले सोमबार बताएका छन्।

‘रूसी वायु रक्षा प्रणालीको टोलीले र्ल्यस्की जिल्ला बोरोभोस्कोए गाउँमा दुई युक्रेनी ड्रोनहरू खसाले’ गभर्नरले टेलिग्राममा उल्लेख गरेका छन्।

‘उक्त घटनाबाट कुनै हताहत चोटपटक वा विनाश भएको छैन। स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ’ उनले थपे।

शनिबार, गभर्नरले भने कि युक्रेनले यस क्षेत्रमा एक सीमा चेकपोस्टमा गोलाबारी गरेको थियो जसले आगलागी निम्त्याएको थियो तर कुनै हताहती भने भएन।

यसैबीच डेलीमेलका अनुसार युक्रेनी सेनाको आक्रमणमा फेरि रुसको दुईवटा तेल भण्डारण क्षेत्र ध्वस्त भएको छ।

आइतबार राति रुसी शहर ब्रायन्स्कमा रहेको तेल भण्डारमा युक्रेनी सेनाले क्षेप्यास्त्र हानेपछि ठूलो विस्फोटन भएको पनि समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्