कांग्रेसबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा भामले दर्ता गरे मनोनयन

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : १२


मुगु । नेपाली कांग्रेसको तर्फबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा युवा नेता विष्णुकुमार भामले मनोनयन दर्ता गराएका छन् । भामले आज मेयरमा मनोनयन दर्ता गराएका हुन्।

कांग्रेसबाटै उपमेयरमा ऐश्वर्य शाही मल्लको पनि मनोनयान दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकाम गमगढी बजारमा बाजागाजासहित बजार परिक्रमा गर्दै उनीहरूले मनोनयान दर्ता गराएका हुन्। यस्तै, कांग्रेसकै बागी उम्मेदवारमा खुम्मेनी बिकले पनि उपमेयरमा मनोनयन दर्ता गराएकी छन्।

ठूला दलमध्ये मनोनयन दर्ता गराउने नेपाली कांग्रेस पहिलो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी गराए।

उनका अनुसार नेकपा एमालेबाट मेयरमा डम्बरबहादुर रावल र उपमेयरमा टोमा लामा पनि उम्मेदवारी मनोनयनको तयारीमा छन् । एमालेका नेता कार्यकर्ता पनि बाजागाजासहित मनोनयान दर्ता स्थालमा पुगेका छन्।

जिल्लाका अन्य स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलले सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ।

केन्द्रीय निर्वाचन कार्यालयको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा दलहरूले मनोनयन दर्ता गर्ने मिति तोके पनि यहाँका सत्ता गठबन्धनका दलहरू र प्रतिपक्ष नेकपा एमालेले पहिलो दिन मनोनयन गराएनन्का।


प्रतिक्रिया दिनुहोस्