सुडानमा दुई जातका मानिसहरुबीच हिंस्रक झडप, १६८ जनाको मृत्यु

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : २२


सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १६८ जनाको ज्यान गएको बताइएको छ।

सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो। अल्जाजिराका अनुसार दुई जातीका बीचमा हिंसात्मक झडप भएको हो।

अधिकारीहरुले त्यसमा परेर कम्तीमा पनि १६८ जनाको ज्यान गएको बताएका छन्।

तर सरकारले भने यो समाचारको पुष्टि गरेको छैन्। यहाँका प्रत्यक्षदर्शी तथा स्थानीय गाउँलेहरुले दिएको जानकारीअनुसार आइतबार भिडन्तकाक्रममा कम्तीमा पनि १६८ जनाको ज्यान गएको छ र अरु दर्जनौँ घाइते भएका छन्।

झडप शुक्रबारबाट सुरु भएको उनीहरुको भनाई छ। शुक्रबारदेखि दुई जातीका हतियारधारीहरुका बीचमा भिडन्त सुरु भएको र यसक्रममा दर्जनौँ नागरिक घाइते हुनुका साथै सयौँ घरमा आगजनी पनि गरिएको छ।

स्थानीयले सय भन्दा बढी घरमा हतियारधारीहरुले आगो लगाएका जनाएका छन्। सो राज्यमा पछिल्लो समयमा विभिन्न जातीका बीचमा भिडन्त हुने गरेको छ। सो भिडन्तमा परेर सयौँ नागरिकको ज्यान जानुका साथै दशौँ हजार जना विस्थापित पनि भएका छन्।


प्रतिक्रिया दिनुहोस्