काठमाडौं । पोखरा प्रिमियर क्रिकेट लिग (पीपीएल) को ट्रफी सार्वजनिक भएको छ ।
शुक्रबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमका बीच पीपीएलको ट्रफी सार्वजनिक गर्नु भयो ।
ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी ५ टोलीका कप्तानको सहभागिता रहेको थियो ।
पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् ।
ट्रफी सार्वजनिक कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित रहेका थिए ।
पोखराका कप्तान शरद भेषावकरको अनुपस्थितिमा विनोद भण्डारी उपस्थित थिए । त्यस्तै शनिवार भनिएको उद्धघाटन खेल सरेको छ ।
मौसममा आएको खराबीले काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको खेल आइतबार सारिएको छ ।
पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन् ।
पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्राप्त गर्ने छन् ।