उपमेयरको टिकट पाएपछि काँग्रेस छाडेर एमाले प्रवेश गरिन् झा

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ४७


जनकपुर । नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा टिकट नदिएपछि नेतृ रुना झा नेकपा एमालेमा प्रवेश गरेकी छन्।

नेपाली कांग्रेसको प्रदेश समिति सदस्यबाट समेत राजीनामा दिँदै झा एमालेमा प्रवेश गरेकी हुन्।

झालाई एमाले नेतृ जुलीकुमारी महतोले पार्टी प्रवेश गराएकी हुन्। उनले एमालेबाट जनकपुरधामको उपमेयरमा उम्मेदवारी दिने भएकी छन्।


प्रतिक्रिया दिनुहोस्