केरा भन्दा केराकाे बाेक्रा खानु धेरै फाइदाजनक !

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : ४७


केरा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । एउटा केरामा तीन ग्राम भन्दा बढी फाइबर हुन्छ । केरा खानाले शरीरलाई चाहिने पोटासियमको मात्रालाई कमि हुन दिँदैन् । एउटा केरामा १२ प्रतिशत पोटाशियम हुन्छ । थप रूपमा, केरामा क्याल्शियम र भिटामिन बी६ हुन्छ ।

केरा स्टार्चको उत्तम स्रोत हो। केरा खानाले तपाईलाई लामो समयसम्म भोक लाग्न दिदैन् । र तपाईको तौल पनि कम गर्दछ। तपाईले प्राय सुन्नु भएको हुनुपर्छ कि केराको साथसाथै यसको बोक्रा पनि तौल घटाउनका लागि धेरै सहयोगी हुन्छ ।

खाद्यविद्हरुहरू विश्वास गर्छन् कि यदि तपाई केराको स्वास्थ्य लाभ लिन चाहानुहुन्छ भने तपाईले यसको बोक्रा खानु पर्छ । यसबाट तपाईले अधिकतम फाइबर पाउनुहुनेछ । केराको बोक्रामा १० प्रतिशत फाइबर हुन्छ।

अष्ट्रेलियाली पोषण विशेषज्ञ सूसी ब्यूरेलले आफ्नो एक ब्लग पोष्टमा यो जानकारी दिएका छन् । उनी भन्छिन् कि केराको बोक्राले तपाईलाई २० प्रतिशत अधिकतम भिटामिन बी र भिटामिन सी दिन्छ ।

यदि तपाईले केराको बोक्रा खानु हुन्छ भने प्रशस्त मात्रामा पोटासियम र म्याग्नेशियम पाउनुहुनेछ । सुसी भन्छिन् कि यदि तपाईले यत्तिकै खान्नु भन्दा बोक्रालाई पकाएर खान्नु भयो भने नरम हुनेछ ।

सुसी भन्छिन कि हरियो केराको बोक्रामा सबैभन्दा पौष्टिक तत्व हुन्छ । हरियो केराको बोक्रामा अधिकतम अमीनो एसिड र स्टार्च हुन्छ, जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक  हुन्छ ।


प्रतिक्रिया दिनुहोस्