चरिकोट । दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ ।
आज बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू–भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ ।
हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन् । यसयामको जाडो मौसम शुरु भएसँगै पहिलोपटक हिउँ परेको हो । हिमपात भएसंगै पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो।
तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको होटल व्यवसायी हरि वली वताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “ यहाँ हिउँ खेल्न र हेर्न पर्यटन आउने गर्दछन्, हिमपात हुनु राम्रो हो ।”
हल्का वर्षाले किसान पनि औधि खुशी भएका छन् ।