चीनको बीआरआईलाई टक्कर दिन भारतले ल्यायो नयाँ आर्थिक योजना टीडीसी

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ५६


काठमाडौं। चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स अवधारणालाई टक्कर दिन भारतले टीडीडी फन्ड योजना ल्याएको छ।

भारतले त्रिपक्षीय विकास निगम टीडीडी फन्ड प्लेटफर्म सार्वजनिक गरेको हो। भारतका अनुसार यो योजनाबाट भारतले भारत–प्रशान्त क्षेत्र र अन्य भौगोलिक क्षेत्रमा ठूलो लगानी बढाउनेछ।

लगानीको लागि भारतले निजी क्षेत्रहरुसँग सहकार्य गर्ने बताइएको छ।

गत शुक्रबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल इनोभेसन पार्टनरसिप जीआईपी स्थापना गरेका थिए।

जीआईपीले टीडीसी फन्डको खाका तयार गर्न मद्दत पुर्याउनेछ। जापान, जर्मनी, फ्रान्स र युरोपेली संघजस्ता देशहरुले भारतसँग मिलेर अन्वेषणको क्षेत्रमा टीडीसी फन्डमार्फत् काम गर्नेछन्।

यस्तै भारतले टीडीसी मार्फत् जीआईपीमा योगदान पुर्याउनेछ। जीआईपीले चाँही अफ्रिका, एसिया र हिन्द–प्रशान्त क्षेत्रका विकासशिल देशमा भारतीय इन्टरप्राइजमार्फत् सहयोगको प्रयास गर्नेछ।


प्रतिक्रिया दिनुहोस्