चितवनमा बस पल्टिँदा १३ जना घाइते

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : १३


भरतपुर । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो । 

कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए ।

अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ  । दुर्घटना बिहान ११ः१० बजे भएको हो । 


प्रतिक्रिया दिनुहोस्