यात्रुबाहक भ्यान र बस ठोक्किँदा आगलागी, १३ जनाको मृत्यु

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : ३०


पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ। 

बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा  ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार यसरी ती दुई सवारी साधन ठोक्किँदा आगलागी भएको थियो । 

सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त भ्यान बसमा कति व्यक्तिहरु यात्रा गरीरहेका थिए भन्ने बारेमा केही सूचना दिइएको छैन । 

तेह्र जनाको ज्यान गएको र अरु बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त भएको छैन। प्रहरीले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ। सिन्ह्वा    


प्रतिक्रिया दिनुहोस्