टेलिकमले जावलाखेल चिडियाखानाका जनावरलाई १ वर्ष सम्म खाना खुवाउने!

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ०४


काठमाडौं । नेपाल टेलिकमले सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर र पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गर्ने भएको छ।

सम्झौता अनुसार टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ।

सम्झौता पत्रमा आज टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन्।

प्रमुख व्यावसायिक अधिकृत पहाडीले टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने बताइन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीले धेरै पर्यटकहरुको उपस्थिति हुने चिडियाखानामा टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने बताए।

 

 


प्रतिक्रिया दिनुहोस्