काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक स्थगित भएको छ। आज बस्ने तय भएको बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै भोलिसम्मका लागि स्थगित गरिएको हो।
उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूचीलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो।
बैठक शनिबार दिउँसोका लागि सारिएको सचिवालय स्रोतले जनाएको छ। त्यस्तै स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ।