काठमाडौं । रौतहटमा एक रिक्सा चालकले वडाध्यक्षका लागि उम्मेद्वारी दिएका छन्।
विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका केदारप्रसाद तिमल्सिना चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता गराएका हुन्।
चन्द्रपुरको सडक, ढल र विकासका पूर्वाधारसहितमा विगत ५ वर्षमा कुनै परिवर्तन हुन नसकेको बताउँदै आएका उनी आफैं चुनावी मैदानमा उत्रिएका हुन्।
तिमल्सिनाले नगरमा हुने बेथिति र भ्रष्टाचारविरुद्ध पनि आवाज उठाउँदै आएका छन्।