पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियो सार्वजनिक

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : १५


पोखरा । एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तर‌ंग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।

केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।

एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो । उनको सामाजिक सन्जालमा भिडियोसहित आलोचना भइरहेको छ । यसबारेमा बुझ्न खोज्दा पौडेल सम्पर्कमा आएनन् ।


प्रतिक्रिया दिनुहोस्