काठमाडौंको मेयरमा बालन साहले गरे उम्मेदवारी दर्ता

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ५५


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्।

आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। यसअघि आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ।


प्रतिक्रिया दिनुहोस्