नेपाली चलचित्र प्रेमगन्ज भारतमा पनि प्रदर्शन हुने

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ५५


काठमाडौं । नेपाली चलचित्र प्रेमगन्ज भारतमा पनि प्रदर्शन हुने भएको छ । चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौताअनुसार प्रेमगन्ज पहिलो चरणमा भारतको कोलकत्ता , देहरादुन , आसाम , लगायतका विभिन्न सहरहरुका १०० भन्दा बढी पर्दामा एकसाथ प्रदर्शन हुने भएको हो ।

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठूला सहरहरुमा पनि प्रदर्शन हुनेछ । प्रेमगन्ज नेपाल र भारत दुवै देशमा एउटै मिति भाद्र ३ अर्थात अगस्ट १९ मा एकैसाथ प्रदर्शन हुने भएको छ ।

प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका संचालक म्याबो ह्यङ्गले अल ईन्डिया वितरण गर्न लागेका हुन् । परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, फिल्ममा पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । यस अघि निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्