नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन्।
काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।