घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : ०२


काठमाडौँ । साताको छैठौँ दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ।

आज छापावाल सुन प्रतितोता ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्