काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुनुका साथै उपाडी तथा हिमाली भागमा भारी हिमपात भएको छ।
आज दिनभर उपत्यका र पहाडी भेगमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात भएको छ। पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भइ पानी परेको महाशाखाले जनाएको छ ।
आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ।चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।