टोस्टमास्टर्स नेपालद्वारा पहिलो ‘नेपाली भाषा’ क्लबको स्थापना

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ५६


काठमाडौं। टोस्टमास्टर्स नेपालले पहिलो ‘नेपाली भाषा क्लब’को स्थापना गरेको छ।

संस्थाको ५४ औं क्लबको रुपमा बैशाख ६ गते मंगलबार नेपालमै पहिलोपटक नेपाली भाषाको ‘सगरमाथा टोस्टमास्टर्स क्लब’ स्थापना गरिएको हो।

यो क्लबले सबै क्षेत्रका मानिसहरूलाई संवेदनशील तरिकाले सुन्न, रचनात्मक सोच्न र प्रभावकारी रूपमा बोल्न सिकाउँछ।

साथै यसले सहयोगी र सकारात्मक वातावरणमा नेपाली भाषाको अभ्यास र अनुभवबाट सिक्ने अवसर पनि प्रदान गर्छ। जसले गर्दा सहभागी सदस्यहरुको सञ्चार र नेतृत्व क्षमता विकास हुन्छ र उनीहरुको आत्मविश्वास पनि बलियो बन्छ।

नयाँ क्लबको स्थापनापछि टोस्टमास्टर रन्जित आचार्यले सगरमाथा टोस्टमास्टर्स क्लबका संस्थापक सदस्यहरु र नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण गराएका थिए।


प्रतिक्रिया दिनुहोस्