विश्व बैंक भन्छः रुसको आक्रमणबाट युक्रेनलाई ६० अर्ब अमेरिकी डलर नोक्सान

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ३१


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको दुई महिना पुगिसक्दा युक्रेनलाई हालसम्म ६० अर्ब अमेरिकी डलर नोक्सान भएको विश्व बैंकले जनाएको छ।

रुसले आक्रमण गरेपछि युक्रेनका अनगिन्ती भवन, पूर्वाधार नष्ट भएका छन्। रुसी सेनाले युक्रेनी नागरिकको सम्पत्ती लुटपाट गरेको खबर पनि आएको छ।

यी सबै विषयलाई मध्यनजर गर्दै विश्व बैंकले प्रारम्भिक अनुमानमा युक्रेनलाई ६० अर्ब अमेरिकी डलर नोक्सान भएको जनाएको छ।

युद्ध अझै जारी रहेकाले युक्रेनलाई झनै बढी नोक्सानी हुने पनि जनाइएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्