जिम्बाबेसँग खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा, को-को परे ?

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ४०


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबे ‘ए’विरुद्ध हुने एक दिवसीय र टी–२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा शुक्रबार बिहान गरेको हो । नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने बताएको छ ।

नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी–२० खेल खेल्नेछ । ५० ओभरको सिरिज १७–२१ वैशाखसम्म चल्ने छ । टी–२० सिरिज २३–२६ वैशाखसम्म हुनेछ ।

नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला


प्रतिक्रिया दिनुहोस्