काठमाडौं । बिहिबार साँझ ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको सर्माथाङ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
An earthquake of Ml 4.8 occurred around Sermathang in Sindhupalchok at 19:11.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) December 12, 2019
४.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गए पनि साँझ काठमाडौं उपत्यका सहित भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
सामाजिक सञ्जालमा मानिसहरुले भूकम्पको धक्का महशुस गरिएको बताएका छन् ।