दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ८ : ३१


दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथी ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए। झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए। घाइतेको टाउकोमा चोट लागेको छ।

प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ। नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए।

विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले बताए । शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो।

 


प्रतिक्रिया दिनुहोस्