काठमाडौं। विज्ञहरुका अनुसार हरेक दिन चार मिनेटसम्म चुम्बन गर्नु दाँत मझेजस्तै हो।
डेलीस्टारका अनुसार मुख जोडेर चुम्बन गरिँदा दाँतका फोहोरहरु सफा हुने चिकित्सकहरुले बताएका छन्।
त्यतिमात्र होइन चुम्बनका अन्य फाइदा पनि छन्। चुम्बनले सेरोटोनिन लेभल बढाउँछ र तनाव घटाउँछ।
चुम्बनले रक्तचापको समस्यालाई घटाउनुका साथै शरीर दुख्ने समस्यालाई कम गर्छ।
डाक्टर खालिद कासेम भन्छन्,‘चुम्बन गरिँदा र्यालको मात्रा बढ्छ। र्यालको मात्रा बढ्दा चपाउन, स्वाद थाहा पाउन, निल्न मद्दत पुग्छ भने मुखमा हुने इन्फेक्सन र स्वास प्रस्वासको समस्यालाई कम गर्छ।’
उनका अनुसार हाम्रो मुखमा धेरै तरल पदार्थ हुँदा दाँतमा टाँसिएर बस्ने हानिकारक एसिड बग्छ। यसले मुखमा हुने ब्याक्टेरियालाई पनि त्यहाँबाट हटाउँदा मुखमा निम्तने रोगमा कमी आउँछ।
डाक्टरका अनुसार चुम्बन गर्दा र्यालको आदानप्रदानले प्रतिरक्षा प्रणाली बढ्दछ। यसले शरीरलाई संक्रमणबाट बचाउन थप एन्टिबडीहरू सिर्जना गर्न प्रोत्साहित गर्छ।
डाक्टर खालिदका अनुसार दिनमा चार मिनेटसम्म चुम्बन गर्दा मुखका रोगमा कमी आउँछ।