सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबन्डा, नेकपा एस शून्य

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : ४८


सिन्धुली । सत्ता पक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ।

केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने निर्वाचनमा जिल्लामा पनि भागबन्डा भएको छ। आज बसेको गठबन्धन दलको बैठकले भागबन्डा लगाएका हुन्।

जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, दुधौलीको मेयर नेकपा माओवादी केन्द्रलाई र उपमेयर नेपाल कांग्रेसको भागमा परेको छ।

तीन पाटन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ ।

फिकल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादीको भागमा परेको छ। गोलनजोर गाउँपालिकाको अध्यक्ष पनि नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ।

यसैगरी, सुनकोसी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ भने उपाध्यक्ष कांग्रेसको भागमा छ। घ्याङलेक गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ।

बैठकले मरिक गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसको भागमा पारेको छ भने उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको छ। यस्तै हरिहरपुर गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ।


प्रतिक्रिया दिनुहोस्