काठमाडौं। एनएमबी बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवात गर्ने घोषण गरेको छ।
बैंकको यो योजना बैशाख २ देखि असार ३२ सम्म चल्नेछ। बैंकले प्रदेश १ को पाथिभरा व्यवसायिक कृषि कर्जा, मधेश प्रदेशको लागि मधेश व्यवसायिक कृषि कर्जा लगायत विभिन्न क्षेत्रमा विभिन्न कृषि कर्जा योजना ल्याएको हो।
बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, विमा र क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ।
यसैगरी ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा एनएमबी बैंकले कृषि फाईनान्सिङ्गलाई प्राथमिकता दिदै आईरहेको छ।
दिर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आइरहेको छ।