हाम्रो भागबन्डा मिलेपछि गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएका छन्ः प्रचण्ड

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : ४४


कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महानगर र ११ उपहानगरमा उम्मेदवार उठाउने विषयमा भएको सहमतिले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको बताएका छन्।

कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन भत्काउने प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरे।

बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ।

देशको नेतृत्व लिन माओवादी केन्द्रलाई कसैले रोक्न नसक्ने भन्दै उनले इँटको जवाफ पथ्थरले दिन कार्यकर्र्तालाई अपिल गरे।

देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए। सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए ।


प्रतिक्रिया दिनुहोस्