चुनाव हारेको विषयमा प्रश्न गर्दा पत्रकारलाई ‘मूर्ख’ भन्दै ट्रम्प अन्तर्वार्ताबाट बाहिरिए (भिडिओ)

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : २०


काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका चर्चित पत्रकार पियर्स मोर्गानसँग हालै एउटा अन्तर्वार्ता दिएका छन्।

सो टेलिभिजन अन्तर्वार्ता प्रसारण हुन बाँकी छ। यद्यपी प्रसारण अगावै सो अन्तर्वार्ताले चर्चा पाएको छ।

कारण अन्तर्वार्ता नसकिकनै ट्रम्प स्टुडियो छाडेर हिँडेको दृश्य सार्वजनिक भएको छ। उनले पत्रकारलाई ‘मूर्ख र बेइमान’ पनि भनेका छन्।

वास्तवमा सन् २०२० मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको मत परिणामलाई ट्रम्प अझै पनि स्वीकार गर्दैनन्। उनका अनुसार धाँधली गरेर जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेका हुन्।

यद्यपी पत्रकारले त्यो निर्वाचनलाई पारदर्शी र स्वच्छ निर्वाचन भनेपछि ट्रम्प भड्किएका हुन्। सो अन्तर्वार्ता टल्क टिभी र फक्स नेसन टिभीबाट प्रसारण हुनेछ।

ट्रम्पले चुनावको नतिजा नमान्ने बताउँदा उनका समर्थकले अमेरिकाभर आन्दोलन गरेका थिए। यहाँसम्म कि उनका समर्थक अमेरिकी संसदभित्रै घुसेर तोडफोडमा उत्रिएका थिए।


प्रतिक्रिया दिनुहोस्