रियलमीको नयाँ स्मार्टफोन सी-३५ नेपालमा सार्वजनिक

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : १७


काठमाडौं । स्मार्टफोन ब्रान्ड कम्पनी रियलमीले नयाँ स्मार्टफोन सी-३५ नेपालमा सार्वजनिक गरेको छ।

रियलमीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि सी सिरीज अन्तरगतको अरु भन्दा स्टाईलिश एन्ट्री लेभल स्मार्टफोन सी-३५ सार्वजनिक गरेको हो।

नयाँ स्मार्टफोन देशभरका युवा वर्गलाई लक्षित ल्याएको कम्पनीको दाबी छ।

नयाँ स्मार्टफोन सी-३५मा निम्न विशेषता रहेको कम्पनीले जनाएको छ।

५० एमपी कयामेरा

रियलमी सी-३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र f/1.8 एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ। रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी-३५ले थप f/2.8 B राखेको छ।

एन्ट्री लेभल मा स्टाईलिश डिजाइन

२०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिेएको, रियलमी सी-३५ ८.१ mm राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो। यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ। यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ।

आफ्नो श्रेणीमा उत्कृष्ट

TÜV Rheinland High Reliability Certification

सी सिरीज अन्तर्गत रियलमी सी ३५ ले TUV Smartphone High Reliability Certification / Real Quality गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ।

आफ्नो श्रेणीमा उत्कृष्ट प्रदर्शन

Powered by Unisoc T616 Debut

Unisoc T616 शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले AnTuTu बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ। यसबाहेक, रियलमी सी-३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो जसमा DRE Dynamic RAM विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ ।

मेगा ब्याट्री र FHD डिस्प्लेको साथ उत्कृष्ट अनुभव

रियलमी सी३५ मा सी सिरीज अन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८W फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५०% चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीज अन्तर्गत सी ३५ मा ६.६ ईन्च FHD फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ।

रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन। दुई स्टोरेज भेरियन्टहको मूल्य रु. २०,४९९ (4GB+64GB) र रु. २१,९९९  (4GB+128GB) रहेको छ। यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ।

 


प्रतिक्रिया दिनुहोस्