काठमाडौं । सडक अनुगमनमा निस्केका पूर्वप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर २ का सांसद माधवकुमार नेपाल स्थानीयको अवरोध पछि फर्किनु भएको छ ।
उहाँ बिहिबार दिउसो भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ अनि प्रदेशसभा सदस्य तथा नेकपाका नेता रामेश्वर फुँयालसँगै साँखुको सडक अनुगमनमा निस्किनु भएको थियो ।
जोरपाटी बौद्ध सडकखण्डका स्थानियले आक्रोश ब्यक्त हुन् ।
सडकका कारण पिडीत भएका स्थानियको समस्या बुझन् गएका मन्त्री सहितको टोलीलाई स्थानियले गणतन्त्र नेताहरुलाई मात्रै आएको भन्दै आक्रोश पोखेका हुन् ।