नेपालका १२ वर्षीय गेन्जी राईले क्यानडामा हुने वर्ल्ड युथ मुआ थाईमा भाग लिँदै

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : १७


काठमाडौं। नेपालका १२ वर्षीय गेन्जी राईले क्यानडामा हुने वर्ल्ड युथ मुआ थाई किक बक्सिङ प्रतियोगितामा भाग लिने भएका छन्।

चार वर्षयता मुआ थाईको ट्रेनिङ गरिरहेका उनले आगामी अगष्ट १२ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा भाग लिनेछन्।

यसअघि यसैवर्ष नेपालमै भएको विश्व मुआ थाई प्रतियोगितामा उनले गोल्ड मेडल हात पारेका थिए।

उनी हाल इरावान मुआ थाई फाइट जिममा किक बक्सिङ सिकिरहेका छन्। त्यहाँका प्रशिक्षक राजु राई पनि नेपालका चर्चित मुआ थाई खेलाडी हुन्।


प्रतिक्रिया दिनुहोस्